लिलामीमा गाडी बिक्री गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लिलामीमा गाडी बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधनहरुको लिलाम बिक्री गर्ने भएको छ । बैंकको सम्पत्ति तथा व्यवस्थापन विभागले बुधबार एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको तीनवटा जीप, स्वराज मज्दा बस र महेन्द्रास्कारपियो पीकअप लिलाम बिक्री गर्न लागेको हो ।


बैंकको सूचना अनुसार उक्त सवारी साधनहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्ने भएको छ । इच्छुक व्यक्ति वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले २० दिन भित्र बोलपत्र फरम खरिद गरी २१ दिनको १२ बजेभित्र सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने जनाएको छ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार १४:०२