विज्ञापन बोर्डमा सूचीकृत नभएका मिडियालाई विज्ञापन कारोबार गर्न नदिइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विज्ञापन बोर्डमा सूचीकृत नभएका मिडियालाई विज्ञापन कारोबार गर्न नदिइने



काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी उक्त व्यवस्था गर्न लागिएको बताएका छन् ।

त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यामको सूचीकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको उनको भनाइ छ ।बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताए ।

आम सञ्चारमाध्यमको लोकप्रियताको समेत एकीन हुने गरी अनुसन्धानको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने बोर्डको योजना छ ।

प्रकाशित : १८ बैशाख २०७९, आईतवार १७:५९