मत गणनास्थलमा अनिवार्य सिसी क्यामरा राख्न निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मत गणनास्थलमा अनिवार्य सिसी क्यामरा राख्न निर्देशन



काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहका मतगणना स्थलमा अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ ।

वैशाखमा ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत गणना सुरक्षाको लागी सिसी क्यामेराको प्रवन्ध गर्न निर्देशन दिएको हो ।

मत गणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सिसी क्यामरा राख्ने जनाईएको छ ।

सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार १५:५८