काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले समितिबाट जारी इन्जिनियरिङ्ग बीमादर सम्बन्धि निर्देशिका २०७८ हाललाई स्थगन गर्ने जानकारी दिए । बीमा समितिको आयोजनामा आज काठमाडौंमा निर्माण व्यवसायी महासंघ स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाललगायत विभिन्न सरोकारवालाहरुसँग भएको इन्जिनियरिङ्ग बीमादर सम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले त्यस्तो जानकारी दिएका हुन् ।
अध्यक्ष सिलवालको सभापतित्वमा भएको उक्त छलफल कार्यक्रममा बीमा समितिबाट गत असोज ६ गते जारी भएको इन्जिनियरिङ्ग बिमा समिती मिनिमम् रेट फर नन् ट्यारिफ ईन्स्योरेन्स बिजनेश निर्देशिका हाललाई स्थगन गरी यस सम्वन्धमा सुझाव सहितको प्रतिवेदन बुझाउन बिमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ ।
कार्यकारी निर्देशक पौडेलको संयोजक रहेका उपसमितिमा निर्माण व्यवसायी महासंघ , स्वतन्त्र उर्जा उत्पादकहरुको को संस्था नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीका दुई दुई जना जना प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघ, शहरी विकास मन्त्रालय , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेय एसोसियसन र र्बीमा कम्पनीका एक एक जना प्रतिनिधि सदस्य तथा बिमा समितिका प्रतिनिधि सदस्य सचिव रहेका छन् ।
उपसमितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समयावधि तोकेको छ यसैगरी कार्यक्रममा ईन्जिनियरिङग बीमा दर सम्बन्धी निर्देशिका विरुद्ध आन्दोलनरत निर्माण व्यवसायी महासंघ, इप्पान लगायतले गर्दैआएका धर्ना लगायतका विरोधका सम्पूर्ण कार्यक्रमहरु स्थगन गर्ने निर्णय भएको छ ।
कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय सम्पत्ति अन्तर्राष्ट्रिय क्षेत्रका उत्कृष्ट कम्पनीमा पुनर्बीमा हुन सकोस् राष्ट्रिय सम्पत्तिको सुरक्षा होस्, कुनै कारणले केही भएमा तुरुन्त बिमा दाबी रकम भुक्तानी पाइयोस र ईन्जिनियरिङ बिमा गर्दा कार्टेलिङ हुन नपरोस् भन्ने नै समितिको चासोको विषय भएको उल्लेख गरे ।
Comment