काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले खनाललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।
कुमारी बैंकमै डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मंगलबारबाट ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत बनेका हुन् ।
Comment