राष्ट्र बैंक भन्छ: १५ वटा वाणिज्य बैंक भए पुग्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंक भन्छ: १५ वटा वाणिज्य बैंक भए पुग्छ



काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनने नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने निष्कर्ष निकालेको छ । उक्त सर्भेले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने देखाएको हो ।

बैंकले अध्ययनको सर्भेको लागि कुल २३० जना छनौट गरेको थियो । जसमा १४० जना बैंक तथा वित्तीय संस्थामा आवद्द थिए भने ९० जना विज्ञहरु थिए ।

राष्ट्र बैंकका अनुसार १४० जनामा बैंक तथा वित्तीय संस्थाका सीइओ, डेपुटी सीइओ, कार्यबाहक सीइओ, संचालक, र अन्य उच्च ब्यबस्थापक रहेका थिए ।

उक्त सर्भेमा सहभागी भएका अधिकांशले नेपालमा हाल रहेको वाणिज्य बैंकहरुको संख्या आवश्यकता भन्दा बढी रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्थाको तर्फबाट सर्भेमा सहभागी भएका १४० जना मध्ये ८४ प्रतिशत र विज्ञ मध्ये ७८ प्रतिशतले वाणिज्य बैंकको संख्या अधिकतम् भन्दा बढी रहेको बताएका छन् ।

सर्भेमा सहभागी भएका मध्ये एक आधाले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त रहेका बताएका छन् । सर्भेमा सहभागी भएका ५ मध्ये १ जनाले बैंकको संख्या ५ देखि १० वटा हुनु पर्नेलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

त्यस्तै १५ प्रतिशतले १६ देखि २० वटा बैंक हुनुपर्ने पक्षमा थिए । बाँकि अरु भने २० देखि २५ बैंक हुनु पर्छ भन्ने पक्षमा थिए ।

त्यस्तै बैंक वित्तीय संस्थाबाट सहभागी सर्वेक्षणका ६१.४ प्रतिशतले उत्तरदाताहरुले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्नेमा जोड दिएका छन् । त्यस्तै १८.६ प्रतिशतले स्वेछिक मर्जर हुनु पर्ने र १२.१ प्रतिशतले फोर्स मर्जर गर्नु पर्ने उल्लेख गरेका छन् । त्यस्तै सर्भेमा सहभागी मध्ये ६१ प्रतिशतले कमजोर बैंक र बलियो बैंकबीच मर्जर हुनु पर्ने उल्लेख गरेका छन् ।

साना र ठुला संस्थाबिच ९ प्रतिशत उत्तरदाता मर्जरको पक्षमा थिए । बैकका अनुसार सहभागी उत्तरदाताहरु मध्ये ७१ प्रतिशतले मर्जर नीतिले जोखिम बढाउने बताएका छन् ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार १३:२०