एन आई सी एशिया बैंकमा अनलाईन खाता खोल्नेलाई विभिन्न मर्चेन्टमा आकर्षक छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एन आई सी एशिया बैंकमा अनलाईन खाता खोल्नेलाई विभिन्न मर्चेन्टमा आकर्षक छुट



काठमाडौं । गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एन आई सी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहक महानुभावहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा पाँच हजारसम्म छुट उपलब्ध हुने योजना ल्याएको छ ।

जसअनुसार दराज, ग्यापु, सस्तो डिल, भोजमान्डु, फुड बाईट , युजि बजार, खानपिन जस्ता ई–कमर्शहरूबाट सामग्रीहरू खरिद गर्दा विभिन्न अनलाईन प्लेटफर्म मार्फत सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआईसीको मोबाईल बैकिंङ मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्नुहुनेछ ।

यसका लागि ग्राहक महानुभावहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरु द्वारा प्रदान गरिएको प्रोमो कोड वा डिस्काउन्ट लिंक पठाउने व्यवस्था गरेको छ ।

बैंकले पठाएको उक्त लिंक प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सकिने छ । यो योजना आगामी आषाढ मसान्तसम्म लागू हुनेछ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।

यो योजनाबाट लाभ लिनका लागि ग्राहक महानुभावहरुले यस बैंकको वेबसाइट www.nicasiabank.com मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ ।

यसरी अनलाईन खाता खोलेपश्चात् ग्राहक महानुभावले आफुलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई केवाईसी फर्म भरी आफ्नो अनलाईन खाता पूर्ण रुपमा सुचारु गर्नुपर्ने जनाएकाे छ ।

प्रकाशित : ११ बैशाख २०७९, आईतवार १६:३९