४२ करोडको राजस्व चुहावटको आरोपमा ६ जनाविरूद्ध मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

४२ करोडको राजस्व चुहावटको आरोपमा ६ जनाविरूद्ध मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी मुद्दामा दीपेन्द्र कुमार अग्रवालसहित ५ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागका अनुसार राजस्व ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ सजायको माग दाबी गर्दै मनिष कुमार अग्रवाल, हितेष कुमार अग्रवाल, प्रतिमा महर्जन, बिमल अग्रवाल र दिपेन्द्र कुमार अग्रवाल विरुद्द उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभाग अनुसार काठमाडौैं महानगरपालिका–१३ बाफलमा रहेको शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिंकका मनिष कुमार अग्रवाल, बाफल स्थित एच बी ट्रेड एण्ड सप्लायर्सका हितेष कुमार अग्रवाल रहेका छन् ।

यस्तै रौतहट जिल्ला गौर–१ हाल बाफल बस्ने ५० वर्षको गणपति ट्रेड लिंकका दिपेन्द्र कुमार अग्रवाल छन् भने बाफल चंखमार्ग बस्ने एम के इन्टरनेशनलका प्रमित महर्जन, रौतहट जिल्ला गौर नगरपालिका–१ हाद बाफल बस्ने एच बि ट्रेड एण्ड सप्लायर्सका बिमल अग्रवाल विरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।

अनुसन्धानको क्रममा शभुलक्ष्मी इन्त्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको छ ।

प्रतिवादीहरुबाट विगो अठार करोड ५ लाख ६८ हजार ६ सय ४३ रुपैंया असलु गरी सोही ऐनको दफा २३ (१) बमोजिम भएको विगोको शत प्रतिशत जरिवाना बमोजिम कैद सजाय हुन मागदावी गरी अभियोग पत्र दायर गरिएको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आईतवार १४:४९