एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (आइतबार)अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले लाभांश वितरण प्रस्ताव पारित गर्न बैशाख २१ गते, बुधबार, कमलपोखरीस्थित अग्रवाल भवनमा २७ औँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ३७ लाख ३७ हजार ६९८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै अधिकृत पूँजी ३ अर्ब रुपैयाँ पुर्याउने, निर्जीवन बीमा कम्पनी मर्ज अथवा एक्वार गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक समूहकोतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख १२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्ममा नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : ११ बैशाख २०७९, आईतवार १२:२५