सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । तोलामा ६०० सय रुपैंयाले बढेर छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० सय रुपैंया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९०० सय रुपैंयामा कारोबार भएको थियो ।


त्यसैगरी बुधबार तेजावी सुनको मुल्य प्रतितोला एक लाख एक हजार रुपैंयामा कारोबार भईरहेको छ । यता चाँदीको मुल्यमा पनि बुधबार तोलामा २० रुपैंयाले बृद्धि भएर चाँदी प्रतितोला १४ सय रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार ११:१८