काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन (आईतबार) सुनचाँदीको मुल्यमा बृद्धि भएर प्रतितोला एक लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३०० सय रुपैयाँ कायम भएको हो।
अघिल्लो हप्ता छापावाल सुन प्रतितोला ९९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ कायम गरिएको छ । यता चाँदीको मुल्यमा पनि आईतबार १० रुपैयाले बृद्धि भएर चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Comment