काठमाडौं । सहकारी महासंघका पूर्वअध्यक्ष एवम संविधान सभा सदस्य केशव प्रसाद बडालले सबै क्षेत्रमा सहकारीले काम गर्न पाउने गरी कानुनी व्यवस्था गर्न माग गरेका छन् ।
सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरमको उद्घाटन कार्यक्रममा बोल्दै बडालले नेपालको संविधानले सबैलाई समान अधिकार दिएकाले लगानी गर्ने सवालमा विभेद गर्न नमिल्ने बताए । ‘सहकारी ऐन २०७४ले कुनैपनि क्षेत्रमा लगानी गर्न ढोका बन्द गरेको छैन तर अन्य ४६ वटा ऐन सहकारीका लागि बाधक छन् । त्यसलाई पन्छाउन जरुरी छ ।’
बाधक रहेका ऐनमा रहेका केही शब्दले समस्या सिर्जना गराएकाले सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराइसकेको जानकारी दिए । सहकारी दर्शनले कुनैपनि क्षेत्रमा लगानी गर्न अवरोध नगरेकाले नेपालमा विद्यमान ४६ वटा ऐनलाई तत्काल सच्याउनुपर्नेमा उनको जोड थियो ।
Comment