बुधबार नेप्सेसंगै कारोवार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुधबार नेप्सेसंगै कारोवार रकममा पनि सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोवारको चौथो दिन (बुधबार) दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से ४०.६८ अंकले बृद्धि भई दुई हजार ५ सय ६८दशमलब २६ विन्दुमा रोकिएको हो ।

त्यसैगरी आज कारोवार रकममा पनि बृद्धि भएको छ । आज २ अर्ब २५ करोड १ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका १७८ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १३ वटा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

यसमध्ये आज चारवटा कम्पनीको सेयर मुल्य बढेको छ । जसमा तीन वटा कम्पनीको शेयर मुल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०१.२० रुपैयाँ पुगेको छ भने नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९५९.८० रुपैयाँ, राष्ट्र उत्थान लघुवित्त ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११९९.६० रुपैंया र सामलिङ्ग पावरको शेयरमूल्य पनि ९.८४ प्रतिशतले बढेर ६७० पुगेको छ।

नेप्सेका अनुसार आज युनिलिभर नेपालको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब १.९५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिद्धार्थ ईन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ११ करोड २७ लाख २३ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार १५:५७