काठमाडौं । नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
लघुवित्तले प्रति कित्ता १०० अंकित दरका २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।
Comment