अपि पावरलाई हकप्रद निष्काशनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

अपि पावरलाई हकप्रद निष्काशनको अनुमति



काठमाडाैं । अपि पावरले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज बिहिबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले हकप्रद बिक्रि गर्न अनुमति पाएको हो । कम्पनीले अपर चमेलिया आयोजनाको लागि १ बराबार ०.३९३६३३ अनुपातले हुन आउने १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहीबार १७:५०