जानकी फाइनान्सको २५औं बार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जानकी फाइनान्सको २५औं बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २५औं बार्षिक साधारण सभा २२ गते (आईतबार) सम्पन्न भएको छ । सभा गाएत्री कुञ्ज, अतिथि सदन, जनकपुरमा संचालक समितीका अध्यक्ष अमर नाथ गुप्ताको सभापतित्वमा सम्पन्न भएको हो ।

अमर नाथ गुप्ताले प्रस्तुत गरेको कम्पनीको आ.व.२०७७/७८ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।


साथै, आ .व. २०७८/ ७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार १७:५०