प्रोगेशिभ फाइनान्सको २५ औँ बार्षिक साधारण सभा चैत १६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रोगेशिभ फाइनान्सको २५ औँ बार्षिक साधारण सभा चैत १६ गते



काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २५औँ बार्षिक साधारण सभा बोलाएको छ । सधारण सभा आगामी चैत १६ गते बुधबार दिउसो १: ०० बजे ज्यापु प्रज्ञा भवन, ललितपुरमा गर्ने निर्णय गरेको हो ।

संचालक समितीको ४८० बैठकबाट निर्णय गरि मिती २०७४ पौष ३० गते का लागि तोकिएको बार्षिक साधारण सभा बढ्दो कोरोना माहामारि तथा प्राविधिक करणले स्थगित भएको थियो ।

फाइनान्सको बोनस सेयर लाभांश ६.० प्रतिशतका दरले हुने रु. ४,८०,०६,०००(चार करोड असी लाख छ हजार ) मात्र रहेको छ ।

त्यसैगरि, नगद लाभांश कर प्रयोजनका लागि ०.३१५८ प्रतिशतले हुने रकम रु. २५,२६,६३२ ( पच्चिस लाख छव्विस हजार छ सय बत्तिस रुपैँया) मात्र रहेको छ ।

प्रकाशित : २२ फाल्गुन २०७८, आईतवार १२:०६