‘पठाओ लोकल’मा साना रेस्टुराँ तथा खाजा घरका परिकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बिशेष

‘पठाओ लोकल’मा साना रेस्टुराँ तथा खाजा घरका परिकार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौ। साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लाटफर्ममा जोडेर उनिहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपाल प्रालिले ‘पठाओ लोकल’सुरु गरेको छ ।

शुन्य दर्ता महसुल राखेको पठाओ लोकलमा साना व्यवसायीहरुले आफ्नो ब्यवसाय आधिकारीक दर्ता गरेको हुनु पर्ने पठाओको प्रबक्ता सुरक्षा हमालले बताइन् ।

हाल खाजा डेलिवरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा २ सय ५० भन्दा बढी व्यवसायीहरुलाई जोड्ने लक्ष्य राखेको पठाओले ब्यवसायीको कमिसनमा समेत छुट दिएको हमालले बताइन् ।

पहिले आफ्नो खाजा घर तथा रेस्टुरेन्टबाट मात्र ब्यापार गर्दै आएका ब्यवसायीहरु अहिले पठाओ लोकलबाट दैनिक अनलाइन बिक्रि गर्न पाउँदा निकै खुशी भएको हमालको बुझाइ छ ।

पठाओ लोकलमा आवद्ध हुन चाहने साना खाजा तथा रेस्टुराँ व्यापारीले ०१५९७००९९ मा सम्पर्क गरि यसबारे जानकारी लिन र दर्ता गर्न सक्नेछन ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार १३:०४ 22 February, 2022 1:04 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।