प्रोग्रेशिभ फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्विकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रोग्रेशिभ फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्विकृत



काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

२०७७/७८ सम्मको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई चुक्ता पूँजी रु.८०,०१,००,००० को ६.० प्रतिशत बोनस शेयर रु.४,८०,०६,००० र ०.३१५८ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनार्थ नगद लाभांश रु.२५,२६,६३२ गरी कुल लाभांश ६.३१५८ प्रतिशत अर्थात रु.५,०५,३२,६३२ वितरणको प्रस्ताव स्वीकृत भएको एवं सो स्वीकृत लाभांश आगामी साधारण सभामा निर्णयार्थ पेश गरिने समेत जानकारी गराएको छ ।

सोही लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको हो । अब उक्त लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार १५:३३