हिमालयन जनरलले बोलायो साधारणसभा,यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन जनरलले बोलायो साधारणसभा,यस्ता छन् एजेन्डा



काठमाडाैं। हिमालयन जनरल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन ३० गते सोमबार भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको ६.५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ३ लाख ३६ हजार ७ सय रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार १०:५६