ज्योति लाईफ इन्स्योरेन्सका लगानीकर्तालाई खुसीको खबर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

ज्योति लाईफ इन्स्योरेन्सका लगानीकर्तालाई खुसीको खबर



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा फाल्गुण ०६ गते शुक्रबार सम्पन्न भएको छ । उक्त सभाले आव ०७६/७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको आव ०७६/ ७७ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र पेश गर्नुका साथै आव ०७६/७७ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभामा ज्योति लाईफले आफ्ना शेयरधनीहरुमा १० प्रतिशतले हुन आउने बाईस करोड बराबरको बाईस लाख कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ र यसका साथै ज्योति लाईफको चुक्ता पुँजी २ अर्ब ४२ करोड कायम भएको छ ।

कम्पनीका सञ्चालकहरुमा संस्थापक शेयरधनी समूह (क तर्फ नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र साधारण शेयरधनी समुह(ख तर्फ कौशल नौलखा र प्रिया तायल चयन भएका छन् । साथै सञ्चालक समितिको अध्यक्षमा श्री नन्द किशोर शर्मा मनोनित हुनुभएको तथ्य प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जनाए ।

साथै ६ आश्विन, २०७४ बाट विधिवत् रूपमा जीवन बीमा क्षेत्रमा सेवाहरु प्रदान गर्दै अघि बढ्ने क्रममा ज्योति लाईफले आजको दिन सम्म १२८ शाखा र उपशाखा मार्फत सेवाग्राही हरुलाई सेवा पुर्याउदै आएको जानकारी समेत दिए ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार १८:०२