आइएमई पेबाट हवाई टिकट बुकिङ गर्ने २ जनाले पाए चन्द्रागिरि घुम्ने अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई पेबाट हवाई टिकट बुकिङ गर्ने २ जनाले पाए चन्द्रागिरि घुम्ने अवसर



काठमाडौं । आइएमई पेले भ्यालेन्टान्स डेको अवसरमा ल्याएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गर्ने २ जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज प्राप्त गरेका छन् ।

अफर अवधि फेब्रुअरी ४ देखि १२ फेब्रुअरी २०२२ सम्म थियो । सो अवधिमा आइएमई पेमार्फत् हवाई टिकट बुकिङ्ग गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्नेमा काठमाडौं दिनेश कुमार निरौला र दुर्गा गुरुङ्ग छन् ।

उनीहरुलाई पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा राखिएको एक विशेष कार्यक्रममा टिकट हस्तान्तरण गरिएको हो ।

विगत केही वर्षदेखि आइएमई पेमार्फत् हवाई टिकट खरि दुई जोडीलाई चन्द्रागिरी रिसोर्टको डिलक्स रुम, चन्द्रागिरी केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनर को एक्स्क्लुसिभ अफर रहेको छ ।


उक्त अवसरमा बोल्दै आईएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटाले “हाम्रो भ्यालेनटाइन्स अफर अन्तर्गत भ्यालेनटाइन्स प्याकेज जित्नु भएकोमा दुई जोडीलाई बधाई ज्ञापन गर्दै विगत केही वर्ष देखि आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा सर्वाधिक क्यासव्याक (रु. ६००÷– सम्मको) रहेको र साथै आइएमई पे मार्फत हवाई टिकट निकै सहज ढङ्गले काट्न सकिने सेवाग्राहीहरुको प्रतिकृया रहेको पनि बताए । ”

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलवार १८:०४