काठमाडौं । बर्डफ्लु काठमाडौंमा पनि देखिएको छ । केही दिनअघि चितवनमा देखा परेको बर्डफ्लु गोकर्णेश्वरका कुखुरा तथा चरामा बर्डफ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।
विभागले काठमाडौंको गोकर्णेश्वर–३ बालुवाका किसानले पालेको कुखुराको परिक्षणमा बर्डफ्लु देखिएको जनाएको हो ।
पंक्षीमा देखिने यो रोग नियन्त्रणका लागि स्थानिय निकायको समन्वयमा विज्ञ परिचालन समेत गरिसकेको विभागले जनाएको छ । टोलीले रोग देखिएका क्षेत्रका कुखुरा नष्ट गरेको जनाएको छ ।
Comment