एनसेलले घटायो शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनसेलले घटायो शुल्क



काठमाडाैं । एनसेल आजियाटा लिमिटेडले फोन गर्दा लाग्दै आएको शुल्क घटाएको छ । कम्पनीले एनसेल नेटवर्कभित्र तथा नेपालको कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्दै आएको महशुल दर घटाएको हो ।

कम्पनीका अनुसार एनसेल नेटवर्कभित्र तथा नेपालको कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्दै आएको महशुल दर प्रति मिनेट रु. १.९९ (कर बाहेक) बाट परिवर्तन गरी मिति २०७८।१०।२८ देखि लागू हुने गरी प्रति मिनेट रु. १.६२ (कर बाहेक) कायम गरिएको छ ।

हाल परिवर्तन गरिएको दरमा कल गर्नको लागि ग्राहकहरुले *17107# मा डायल गरी सेवा निःशुल्क रुपमा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ। कम्पनीका अनुसार परिवर्तित भएको यो दर मिति २०७९/०४/२४ सम्म लागू हुनेछ।

प्रकाशित : २९ माघ २०७८, शनिबार १४:१०