हिमालयन जनरल इन्स्योरेन्समा शाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन जनरल इन्स्योरेन्समा शाह



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाह नियुक्त भएका छन् । शाहले आईतबारदेखि कार्यभार सम्हाल्ने छन् । गत बुधबार कम्पनीको सीईओ पदमा नियुक्त भएका शाहले आगामी आइतबार अर्थात फागुन १ गतेदेखि कार्यभार सम्हाल्न लागेका हुन् ।

गत माघ २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सीईओ सुशील बज्राचार्यलाई बिदाइ गर्दै शाहलाई नयाँ सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार नवनियुक्त सीईओले फागुन १ गतेदेखि कार्यभार सम्हाल्ने बताएको छ ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार १६:३१