सांस्कृतिक संघको घोषणा: कांग्रेसलाई पहिलो पार्टी बनाउन घरघरमा पुग्छौं « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सांस्कृतिक संघको घोषणा: कांग्रेसलाई पहिलो पार्टी बनाउन घरघरमा पुग्छौं



काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावको लागि नेपाली कांग्रेसको प्रचारप्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरुलाई सक्रिय बनाउने भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले कांग्रेसलाई बहुमत दिलाउन सांस्कृतिक कार्यक्रमसहित ७७ वटै जिल्लाका जनताको घरआँगनमा पुग्ने जानकारी गराएको हो । संघले चैत्र मसान्तभित्र नेपालका ७ सय ५३ पालिकामा समग्र संगठनात्मक संरचना निर्माण गरी ती संगठनहरुद्धारा स्थानीय, प्रदेश र संघको निर्वाचनहरुमा सहभागिता जनाउने संकल्प र निर्णयपनि गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले कांग्रेस सबैको जनताको समस्या समाधान गर्ने, मजबुद पार्टी, देशको रक्षा, संरक्षण गर्ने ऐतिहासिक पार्टी भएको बताए । उनले भने,‘देशलाई संरक्षण गर्नसक्ने बलियो आधार भएको पार्टी, जसले इतिहास बनाएको छ, जसले परिवर्तनका धेरै फड्कोहरु पार गरेको छ । पार्टीले देश विकासका धेरै निर्माण गरेको छ । कांग्रेसको विकल्प छैन् ।’

कांग्रेसबिना यो मुलुकको समृद्धि र पुर्वाधार खडा हुन नसक्ने थापाले जिकिर गरे । नेपालमा भएका अहिलेसम्मका विकासका काम ती सबै कांग्रेसको सरकारको समयमा भएको उनको दाबी छ । उनले कांगे्रसलाई भोट दिएर जिताउन सकेमामात्र मुलुक समृद्ध हुनसक्ने टिप्पणी गरे । उनले आगामी दिनमा सबैको कांग्रेस बनाउन ध्यान दिनुपर्नेमा पनि जोड दिए ।
सभापति थापाले नेपालमा कला, संस्कृतिको धेरै महत्व रहेको उल्लेख गर्दै गीतको भाषामार्फत कांग्रेसको योगदान र अबको आवश्यकत्ताबारे जनतासमक्ष पु¥याउने पनि जनाए । सबै प्रदेशमा फागुनभित्रमा रहेका कलाकारहरुलाई प्रशीक्षण दिने कार्यक्रम तय गरेको पनि उनले सुनाए ।

सांस्कृतिक संघले कांगे्रसलाई आगामी निर्वाचनमा मजबुद बनाउन पालिका, जिल्ला र प्रदेशमा पनि संगठन÷संरचना विस्तार गर्न लागिएको उनको भनाई थियो । सातै प्रदेशका सबै जिल्लाहरुको पालिकाहरुमा (७ सय ५३ पालिका) लाई चैत्र मसान्तसम्म संगठन विस्तार गरेर तीनै तहको निर्वाचन केन्द्रीत कांग्रेसको प्रचारप्रसारको जिम्मेवारी दिनेपनि बताए । उनले भने,‘तीनै तहका आगामी निर्वाचनमा कांग्रेसको जनमत बढाउनको लागि सांस्कृतिक कार्यक्रम तय गर्न खोजेको हांै ।’ सबै विधाका कलाकारहरुलाई केन्द्रीय समितिमा समेटेको पनि उनले विश्वास दिलाए । आफुहरुले कांग्रेसलाई शसक्त र मजबुद बनाउन चाहेको पनि उनले स्पष्ट पारे ।

सबैभन्दा ठुलो कुरा लोकतन्त्र हो भन्दै उनले लोकतन्त्रको स्थायित्वको लागि पनि कांग्रेसले बहुमत ल्याउनुपर्ने बताए । उनले भने,‘कांग्रेसले मुलुकमा धेरै काम गरेको छ, तर आफूले गरेको काम बाहिर देखाउँदैन् ।’ लोकतन्त्र र कांग्रेसको बारेमा गीत, नाटक र जिंगल्स बनाएर जनतालाई सरल र सहज भाषामा कांग्रेसको आवश्यकत्ताबारे सुचित गराउनेपनि उनले बताए ।

७७ वटा जिल्लामा संरचना भएको सांस्कृतिक संघले १५ वर्षको अवधिमा लोकगीत, चलचित्र, अभिनय, नाटकलगायत सबै विधालाई समेटेको उनले बताए । संघले २ वटा अधिवेशन सम्पन्न गरिसकेको र अब तेस्रो अधिवेशन नजिक रहेको पनि जानकारी दिए । महामन्त्री राजेन्द्र खत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रकाशित : २६ माघ २०७८, बुधबार १३:५४