ज्योति लाईफ इन्स्योरेन्सले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ज्योति लाईफ इन्स्योरेन्सले बोलायो साधारणसभा



काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले फागुन ६ गते पोखरा लकसाइडको वाटरफ्रन्ट रिसोर्टमा सभा आह्वान गरेको हो  । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने २२ करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२३६ प्रतिशतले हुन आउने १ करोड १५ लाख ७८ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा बराबरको नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। त्यस्तै सभामा संथापक समुहको ४ जना र सर्वसाधारण समुहको २ जना संचालकको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ  । 

कम्पनीले साधारणसभा प्रयोजनको लगी माघ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।

प्रकाशित : १३ माघ २०७८, बिहीबार ११:२८