सांग्रीला विकास बैंकको १०६ औं शाखा राजापुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सांग्रीला विकास बैंकको १०६ औं शाखा राजापुरमा



काठमाडौं । सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा दिदै सांग्रीला विकास बैंकले आफ्नो १०६ औं शाखा बर्दियाको राजापुरमा संचालनमा ल्याएको छ । माघ ६ गते विहिवारबाट उक्त शाखा संचालनमा आएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा जनाएको छ ।

राजापुर नगरपालिका वडा नं. ४ मा संचालिन सो शाखाले पनि अन्य क्षेत्रका सेवाग्राहीलाई जस्तै सम्पूर्ण बैकिङ्ग सेवा दिनेछ । बैंकले हरेक सम्भावित क्षेत्रमा शाखा खोली आफ्ना ग्राहकहरुलाई अधिकतम बैंकिङ्ग सेवा सुविधा दिदै जाने आफ्नो विज्ञप्तीमा जनाएको छ ।

प्रकाशित : ९ माघ २०७८, आईतवार १३:३९