सहकारीका केन्द्रिय संघलाई रजिष्ट्रारको चेतावनी निर्देशन पालना गराउन हामी निर्मम् बन्न नपरोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीका केन्द्रिय संघलाई रजिष्ट्रारको चेतावनी निर्देशन पालना गराउन हामी निर्मम् बन्न नपरोस्



काठमाडाै । सहकारी विभागका रजिष्ट्रार झलक राम अधिकारीले सहकारीमा नीतिगत भन्दा पनि नियतमा समस्या देखिएको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभाको एकाई (३) अन्तर्गत बागमती प्रदेशस्तरीय सभा बोल्दै रजिष्ट्रार अधिकारीले सहकारी क्षेत्र भित्र भएका नियतलाई निमिट्यान्न नपारे सम्म सहकारी क्षेत्रको अभिवृद्धि हुन नसक्ने बताए ।

सभालाई सम्बोधन गर्दै उनले सहकारी संस्थाहरुलाई कस्तो सुशासनको पालना गरेका छन् भन्ने कुरालाई हेर्नेको लागि तिनिहरुका संघहरुको अवस्थालाई हेर्न जरुरी रहेको बताए । उनले करिब सातवटा सहकारीका केन्द्रिय सहकारी संघले आफ्नो नियमित साधारणसभा नगरेको जानकारी दिए । तर उनले ति कुन कुन केन्द्रिय सहकारी संघ भन्ने चै खुलाएनन् । उनले लामो समय सम्म केन्द्रिय सहकारी संघहरु साधारणसभा नगर्ने र त्यसको नेतृत्वमा लामो समय रहीरहने गलत प्रवृति बढेर गएको बताए । सहकारी सुधारका लागि यस्ता प्रवृति रोक्नु अहिलेको मुख्य आवश्यकता भएको बताए ।

अहिले ति संघलाई त्रुटी सच्याउन निर्देशन दिएको तर अटेर गरेर बसेको बताए । उनले सहकारी एेन २०७४ मा को दफा ३९ मा भएको व्यवस्था अनुसार काम नभए विभाग बाध्य भएर दफा ४० अनुसार गए त्यसले नराम्रो सन्देश जाने भन्दै नियम अनुसार काम गर्न निर्देशन दिए । उनले सहकारी विभागले दिएका निर्देशनहरु पालना नभए निर्मम् भएर अगाडी बढ्ने बाध्य हुने समेत अधिकारीले बताए ।

के छ व्यवस्था ?

प्रकाशित : २४ पुष २०७८, शनिबार १८:३२