बिहिबार पाँच कम्पनीको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिहिबार पाँच कम्पनीको शेयरमूल्य समायोजन



काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक जलविद्युत कम्पनी सहित पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले चिलिमे हाइड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट र समिट लघुवित्त वित्तीय संस्थाको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले समिट लघुवित्तको बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ४६० को आधारमा २५ दशमलव २९ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार १६५ दशमलव ३४ तोकेको छ । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट लिमिटेडको बुधवार कायम अन्तिम मूल्य रू. ५३७ को आधारमा ५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ५११ दशमललव ४३ तोकेको नेप्सेले मञ्जुश्री फाइनान्सको बुधवार कायम अन्तिम शेयरमूल्य रू. ९३९ को आधारमा ४० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६७० दशमलव ७१ तोकेको हो ।

त्यसैगरी इन्फिनिटी लघुवित्तको बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ६७० को आधारमा २७ दशमलव ७० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार ३०७ दशमलव ७५ तोकेको नेप्सेले चिलिमे हाइड्रोपावरको ७ दशमलव ५० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ४६७ दशमलव ८१ तोकेको हो । नेप्सेले चिलिमे हाइड्रोपावरको बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५०२ दशमलव ९० को आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित : १५ पुष २०७८, बिहीबार १३:१९