सरकारले पुस १५ गते बिहिबार देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहिबार गुरुङ जातिको चाड तमु ल्होसार परेकोले उक्त दिन देशभर नै विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयको सिफारिसमा सरकारले विदा दिने निर्णय गरेको हो। सरकारले सार्वजनिक विदा दिएसंगै देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कूटनीतिक नियोगहरुमा समेत विदा हुने छ। सरकारले विदा दिएपछि बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से पनि बन्दहुने भएकोले बिहिबार शेयर कारोबार हुने छैन ।
Comment