मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा



काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन् आउने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ७३ लाख रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

प्रकाशित : २३ मंसिर २०७८, बिहीबार १०:२३