मेगा बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मेगा बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बाेलाएको छ । बैंकले २८ मंसिरमा ११औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । 

सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिशनसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा छन् ।

साधारणसभा प्रयोजनका लागि बैंकले १४ मंसिरमा बुकक्लोज गर्ने भएको छ । जसअनुसार १३ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ७ मंसिर २०७८, मंगलवार १०:२८