प्रधानन्यायाधीशले साढे १ बजेलाई बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रधानन्यायाधीशले साढे १ बजेलाई बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने



काठमाडौं । प्रधानन्यायाधीश ले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ । 

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । 

प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको  भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् । 

नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ । 

प्रकाशित : २ मंसिर २०७८, बिहीबार ११:५६