श्वेतपत्र जारी गर्ने बाग्मती मुख्यमन्त्री पाण्डेको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

श्वेतपत्र जारी गर्ने बाग्मती मुख्यमन्त्री पाण्डेको घोषणा



हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे सरकारका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् । 

प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले पूर्ववर्ती सरकारले गरेका काम, गर्न बाँकी रहेका कार्य र गर्न नहुने गरेका कार्यलाई समेटेर श्वेतपत्र जारी गर्ने जानकारी दिएका हुन् । 

आफ्नो सरकारले क्यालेन्डर बनाएर काम गर्ने भन्दै उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र राम्रो काम नगर्नेलाई दण्डित गर्ने बताए । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुँदै छ । 
 

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार १७:०८