एचआईडीसीएलले गर्‍याे सेयरधनीलाई आठ दशमलव ४२ प्रतिशत लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एचआईडीसीएलले गर्‍याे सेयरधनीलाई आठ दशमलव ४२ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको १५ कात्तिकमा बसेको बैठकले आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।  कम्पनीले चुक्ता पुँजीको आठ प्रतिशतले हुन आउने एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशतका दरले हुन आउने सात करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ लाख रुपैयाँ नगद लाभांश खर्च गर्नेछ । 

प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार ११:२८