कुमारी बैंकले ल्यायो दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकले ल्यायो दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले बुधबार सूचना जारी गर्दै सो सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नसमेत आह्वान गरेको छ ।

सो सेयरको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । बैंकले तोकेको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।
 

प्रकाशित : १० कार्तिक २०७८, बुधबार ११:४८