ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै सो बोनस सेयर सेयरधनीलाई वितरण हुनेछ ।

हाल चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ भएको लघुवित्तको २८ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार १२:२२