धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त



काठमाडौं । सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद काण्डमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित छानविन समिति दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो। समितिमा नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल सदस्य रहेको समिति गठन गरेको थियो। सो समितिले दुई साता अघि अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन दिएको थियो।

सर्वोत्तम सिमेन्ट खरिद प्रकारणमा निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अर्थमन्त्रालयको सिफारिसमाढुंगानालाई मन्त्रिपरिषदले बर्खास्तीको निर्णय आज गरेको हो ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलवार २२:३०