लक्ष्मी लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी लघुवित्तको लाभांश घोषणा



काठमाडाै । लक्ष्मी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने ६ करोड ४० लाख ९ हजार बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि ७.३६८ प्रतिशतले हुन आउने २ कोर्द ३५ लाख ८२ हजार २ सय ६३ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ४५ हजार रहेको छ ।

प्रकाशित : १७ आश्विन २०७८, आईतवार १३:०१