प्राइम कमर्सियल बैंक १५औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

प्राइम कमर्सियल बैंक १५औं वर्षमा प्रवेश

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकको सुरुमा १००० कित्ता शेयर खरिद गर्ने लगानीकर्ताको आर्थिक वर्ष ७६/७७ को लाभांश सम्म हिसाब गर्दा ११ हजार ४०० कित्ता शेयर पुगेको छ। कम्पनी १५औ वर्ष पुगेको अवसरमा सो जानकारी दिएको हो।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव नगरेको अवस्थामा अझै शेयर थपिने सम्भावना छ। कम्पनीले प्रदान गरेको तथ्याङ्कलाई आधार मान्दा लगानीकर्ताको शेयर ११ गुणा भन्दा धेरैले वृद्धि छ।

कम्पनीका अनुसार कम्पनीको हाल चुक्ता पुँजी १६ अर्ब ८ करोड, १८९ शाखा संजाल, निक्षेप १६० अर्ब, कर्जा १४२.९८ अर्ब, ग्राहक संख्या ९ लाख ३३ हजार ५ सय २७, संचालन मुनाफा ४ अर्ब ६९ करोड र सरकारलाई वार्षिक करिव २ अर्ब राजस्व तिरिरहेको छ ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार २१:५३ 28 September, 2021 9:53 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।