काठमाडौं । पुर्वअर्थमन्त्री माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । बुधबार बिहान ८ बजे उपचारका लागि उनी बैंकक जान लागेका छन् ।
लामो समयदेखि जण्डिसजन्य रोगबाट पीडित भएका उनी चार वर्षअघि बैंकककै समितिभेज अस्पतालमा उपचार गरेका थिए ।
अहिले फेरि स्वास्थ्यमा समस्या देखिएपछि पुन उपचारका लागि बैंकक जान लागेका उनीनिकट पत्रकार दयानिधि भट्टले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनको सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
Comment