राष्ट्रहित अनुकूल नबनाई एमसीसी पारित हुन दिन्नौं : एकीकृत समाजवादी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रहित अनुकूल नबनाई एमसीसी पारित हुन दिन्नौं : एकीकृत समाजवादी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहित अनुकूल नबनाई पारित हुन नदिने भएको छ ।

एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रहित अनुकूल बनाएपछि मात्रै एमसीसी पारित हुन दिने बताए ।

व्यापक रूपमा छलफल गरेर संशोधन गरी एमसीसीलाई नेपालको पक्षमा पारेर मात्र पास गर्ने आफ्नो पार्टीको निर्णय भएको उनको भनाइ छ । एकीकृत समाजवादी सुरुदेखि नै एमसीसीको विपक्षमा उभिएको छ । तर, संसदबाट पारित गर्नैपर्ने भएकाले त्यसलाई सुधार गरेर मात्र अघि बढ्नुपर्ने सो पार्टीको धारणा छ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १४:२७