पाँच वर्ष पुरानो लाभांश लिन कुमारी बैंकको अनुरोध,नलिए के हुन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पाँच वर्ष पुरानो लाभांश लिन कुमारी बैंकको अनुरोध,नलिए के हुन्छ ?



काठमाडाैं । कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ ।

बैंककाे विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेकाे नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपाेखरी, नक्साल, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।

उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे “लगानीकर्ता संरक्षण कोष” मा जम्मा हुनेछ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १२:३७