नयाँ नोट चाहियो ? यी स्थानमा जानुस् सजिलै पाइन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नयाँ नोट चाहियो ? यी स्थानमा जानुस् सजिलै पाइन्छ



काठमाडाैं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाका वाणिज्य बैंंकका तोकिएका शाखा कार्यालयबाट नोट सटही सुविधा लिन सकिने व्यवस्था मिलाइएको जनाएको छ । उपत्यकाका बाहिरको हकमा भने प्रदेशस्थित कार्यालयमा वा वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयमा गएर नोट सतही गर्न अनुरोध गरिएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ– बडा दसैं २०७८ को अवसरमा कोरोना भाइरसको संक्रमण जोखिम समेतलाई दृष्टिगत गरी काठमाडौं उपत्यकाभित्रको हकमा मिति २०७८।०६।०४ गतेदेखि यस बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत् समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको हुँदा वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

साथै, काठमाडौं उपत्यकाबाहिरको हकमा यस बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार १४:४२