होण्डाले ल्यायो दशैं–तिहारमा “होण्डाको साथ ७” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

होण्डाले ल्यायो दशैं–तिहारमा “होण्डाको साथ ७”



काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” ग्राहकवर्गहरु माझ ल्याएको छ ।

नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई एक लाख प्रदान गरिनेछ ।

यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी एक लाखसम्म नगद उपहार प्राप्त गर्न सकिेन छ ।

यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक पाउन सक्नुहुनेछ । यति मात्र नभई यस योजनामा तपाईंहरुले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् ।

बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकहरुले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार १८:१४