एनबी बैंकको डेपुटी जीएममा सलोनिका सिंह नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनबी बैंकको डेपुटी जीएममा सलोनिका सिंह नियुक्त



काठमाडौं । नेपाल बंगलादेश (एनबी)बैंकको डेपुटी जीएम (नायव महाप्रवन्धक)मा सलोनिका सिंह नियुक्त भएकी छन् । यसअघि एसिस्टेन्ट जीएम रहेकी उनलाई बैंकले डेपुटी जीएममा बढुवा गरेको हो ।

बैंकिङ क्षेत्रमा २३ बर्ष लामो अनुभव बटुल्न सफल सिंहको आफ्नो बैंकिङ करियर तत्कालिन ग्रिनलेज बैंकबाट सुरु भएको हो । यसअघि नविल बैंक र सनराइज बैंकमा काम गरिसकेकी उनी विगत १० बर्षदेखि एनबी बैंकमा कार्यरत छन् । सिंहले एसियन इन्ष्टिच्युट अफ म्यानेजमेन्ट मनिलाबाट फाइनान्स एण्ड मार्केटिङमा एमबीए गरेकी छन् ।

प्रकाशित : १४ श्रावण २०७८, बिहीबार १४:०१