घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?



काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ । सोमबार छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ । आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । मंगलबार पनि चाँदीको मूल्य १३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १५ असार २०७८, मंगलवार ११:५२