सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा स्थगित



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको बैशाख २९ गतेको सञ्चालक समितिको बैठकले अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सभा अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १०:३० बजे सभा गर्ने तयारी गरेको थियो ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालन निर्वाचन गर्ने कार्यक्रम समेत थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २९ गतेदेखिको बुक क्लोजको मिति भने यथावत रहने कम्पनीको भनाइ छ ।

बुक क्लोजको आधारमा वैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार ०९:४३