रसियन खोप आयातका लागि लोमस फर्मालाई अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

रसियन खोप आयातका लागि लोमस फर्मालाई अनुमती



काठमाडौं । औषधि व्यवस्था विभागले रसियन खोप आयातका लागि अनुमति दिएको छ ।

नेपालमा ५० लाख डोज रसियन खोप ‘स्पुतनिक भी’ ल्याउने प्रक्रिया चलिरहेका बेला विभागले लोमस फर्मालाई खोप आयातको अनुमति दिएको हो ।

रसियन खोप आयातका लागि नेपालको एक मात्र कम्पनी लोमसले आवेदन दिएको औषधि व्यवस्था विभागले अप्रिल २८ मा जानकारी दिएको थियो ।

कम्पनीले १० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने गरी अनुमति दिइएको विभागले जनाएको छ ।

यसअघि, विभागले बुधबार कोभिसिल्ड खोप आयातका लागि हुकम डिस्टिब्युटर्स र कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई आयात अनुमति दिएको थियो ।

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार १७:१४